सर्लाहीबाट ३६ लाख नगदसहित दुई पक्राउ

काठमाडौँ । सर्लाहीको बरहथवाबाट ३६ लाख रकमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी गराएको छ ।

  मोटरसाइकलसहित उनीहरुलाई रोकेर खानतलासी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिएका छन् ।