दुई किलोग्राम सालकको खपटासहित एक पक्राउ

काठमाडौँ । सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङ रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।

 प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो । पप्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।