नौ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य घटेर प्रतितोला ९५ हजार ९ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको थियो । उक्त सुनको मूल्य आज प्रतितोलामा ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ७ सयमा कारोबार भएको थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर १ हजार १ सय ९५ मा कारोबार भएको छ ।