जबरजस्ती करणी गरेको अभियोगमा थापा पक्राउ

काठमाडौँ । भक्तपुरमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ५० वर्षीय चण्डेश्वर थापा रहेका छन् ।

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई गत साउन २५ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका ४ नयाँठिमीबाट पक्राउ गरेको हो ।