तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो ।

गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन हजार चारसय घरधुरीमा एक घर एक धारा जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम संयोजक भागिरथ अधिकारीले जानकारी दिएका छन् । 

गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए ।

नदीभन्दा माथिल्लो भूभाग वा पहाडको उच्च भागमा यहाँका बस्ती रहेकाले पिठ्यँुमै पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो । “बद्लिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्याङ्की निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पु¥याउन सकिएको छ”, उनले भने, “जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ ।”

गाउँपालिकाले हालसम्म खानेपानीका क्षेत्रमा १५ करोड ४९ लाख बजेट विनियोजन गरी खर्च गरेको उनले बताए । घरघरमै धारा जडान भई पानी आएसँगै यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् ।