नेप्से परिसूचक १.८५ अङ्कले उकालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले उकालो लागेर २ हजार ५४ दशमलब ९८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले उकालो लागेर ३ सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर रु एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ४४ अर्ब ६२ करोड ४३ लाख ७० हजार बराबर रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ चार दशमलब ९८, व्यापार १० दशमलव ९४, जलविद्युत् शून्य दशमलव छ, उत्पादन २९ दशमलव ३७, अन्य शून्य दशमलव ५८, जीवन बीमा आठ दशमलव ५८ र लगानीको उपसमूहको वृद्धि नगन्य रहेको छ ।

कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ बराबरको कारोबार गरेको छ । यस्तै, रिडी हाइड्रोपावर रु सात करोड ६५ लाख ९७ हजाार सात सय ४०, अपि पावर कम्पनी रु पाँच करोड ४५ लाख १० हजार पाँच सय दुई, शिवम् सिमेन्ट ४ करोड ३७ लाख ५४ हजार ३ सय ८४, र एनआइसी एशिया लघुवित्त ४ करोड २७ लाख १५ हजार ८ सय २४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ । 

नेप्सेका अनुसार कारोबार भएकामध्ये तीन वटा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा रुरु जलविद्युत् परियोजना, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी रहेका छन् । यस्तै, सानिमा लार्ज क्याप फण्ड तीन दशमलव २९ र हिमालयन बैंकका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।

सिद्धार्थ इक्विटी फण्ड ६छ दशमलव ८८, एभरेष्ट बैंक ५ दशमलव ८४, सिटिजन म्युचुअल फण्ड पहिलो ५ दशमलव ६७, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव शून्य एक र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले चार दशमलव शून्य नौ प्रतिशतले गुमाएका छन् ।