अवैध लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । कैलालीमा अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ बाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्राम सहित २४ वर्षीय फुलचन्द्र रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।