सञ्चारलाई बढावा दिन विदेशी भाषाका चिनियाँ सञ्चारविद्हरूलाई सीको आग्रह

बेइजिङ। चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ संस्कृतिप्रतिको प्रेमभावलाई चीन र विश्वका अन्य देशहरूबीच आदानप्रदान र सञ्चारलाई बढावा दिन विदेशी भाषामा प्रकाशित हुने चिनियाँ सञ्चारमाध्यमलाई सीले आग्रह गरेका छन्।

मानवताको साझा भविष्यसहितको समुदाय निर्माण गर्न थप योगदान गर्न विदेशी भाषाका सञ्चारविद्हरूलाई प्रोत्साहित गर्न उनले आग्रह गरे।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले ती विदेशी विज्ञलाई जवाफ दिँदै उक्त टिप्पणी गरेका हुन् ।

सीले विदेशी भाषा प्रकाशन गृहको ७०औँ स्थापना दिवसका अवसरमा सम्पूर्ण सदस्यलाई शुभकामना व्यक्त समेत गरे । उनले विभिन्न देश र सांस्कृतिक पृष्ठभूमिबाट आएका विज्ञहरूले चीन र चिनियाँ संस्कृतिप्रतिको प्रेमलाई आदानप्रदान गरी चीनलाई फरक तरिकाले विश्वसामु चिनाएको भन्दै यस कार्यका लागि चीन कृतज्ञ रहेको शुभकामना पत्रमा उल्लेख गरेका छन् ।

विदेशी पाठकलाई सेवा पु¥याउने देशको अनुवाद र प्रकाशनकार्यमा महत्वपूर्ण योगदान पु¥याएकोमा चीन सबैप्रति आधारी रहेको उनले बताए ।

सही र अर्थपूर्ण अनुवादले विश्वलाई नयाँ युगमा चीनलाई अझ राम्रोसँग बुझ्न र चिनियाँ र विदेशी सभ्यताबीच आदानप्रदान र पारस्परिक शिक्षालाई बढावा दिन आफूले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

उनले विदेशी विज्ञहरूलाई चीनका कथाहरूलाई उत्कृष्ट अनुवादका साथ सुनाउन आफ्नो शक्तिलाई एकत्रित गर्न आग्रह पनि गरे।

सन् १९५२ मा स्थापना भएको विदेशी भाषा प्रकाशन गृह सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि विदेशी भाषामा प्रकाशन गर्ने पहिलो संस्था थियो । यसले ४० भन्दा बढी भाषाहरूमा ३० हजार भन्दा बढी प्रकाशनहरूको अनुवाद र प्रकाशन गरेको छ, जसको विश्वव्यापी वितरण ४० करोड भन्दा बढी प्रतिहरू छन् ।