पर्वतमा नेपालकै ठूलो नक्सा

काठमाडौँ । पर्वत जिल्लामा सबैभन्दा ठूलो नेपालको नक्सा निमार्ण कार्य हुँदै छ । कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा राती पनि देखिने गरी नक्साको निमार्ण कार्य भइरहेको छ । उक्त नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ ।

गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण भईरहेको छ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै देख्न सकिने गरी निर्माण गरिएको समितिको भनाइ छ ।