सामाजिक सञ्जालमार्फत ‘छड्के २’ को फस्टलुक सार्वजनिक

काठमाडौं । अभिनेता अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको सो फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालले अभिनय गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको सो फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको चितवन र मुस्ताङमा हाल छायांकन कार्य भइरहेको छ । उनले सार्वजनिक गरेको फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकीरहेका छन् ।