९१ दिनका लागि ट्रेजरी निकाल्दै राष्ट्र बैक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण)गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

सोमबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । यसअघि बैंकले भदौ ६ गते चार किसिमका ट्रेजरी गरी कुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गरेको थियो । जसमध्ये २० प्रतिशत मात्र ट्रेजरी रिन्यू गरी बाँकी ट्रेजरी बैंकले आफैले खरिद गरेको थियो ।