युवाहरूबीच झडप, एकको मृत्यु

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा युवाहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा २४ वर्षीय रोशन जिसी रहेका छन् ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका हुन् ।

“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी रहेको बताए ।