विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङ (लिम्बु) विवाह बन्धनमा बाधिएका छन् । उनले प्रेमिका कञ्चन निरौलासँग आज विवाह गर्न लागेका हुन् । उनीहरूको विवाहमा आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो।

चेमजोङले गत १७ साउन माल्दिभ्सको फुटबल मैदानमै प्रेमिका कञ्चनलाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका थिए। माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेको थियो।

त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । कञ्चन श्रीएयरलाइन्सको एयरहोस्टेस हुन् ।