असक्षम र विफल भन्ने प्रश्न नै औचित्य नभएको जबाराको दाबी

काठमाडौँ । आज महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले औचित्यहीन भएको दाबी गरेका छन् । प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबी गरे ।

उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै विरोध समेत गरिन् ।

जबराले आफूमाथि लगाइएका आरोप तथ्यहीन भएको भन्दै संविधान र नियमावली देखाउँदै महाभियोग प्रस्तावको कुनै औचित्य नभएको समेत दाबी गरेका छन् ।