मेयर बालेनको अभियानविरुद्ध व्यवसायीहरुको धर्ना, धरपकड बन्द गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अवैध संरचना हटाउने अभियान थालेपछि व्यवसायीहरु आन्दोलिन गरेका छन् । महानगरले आफूहरुमाथि अत्याचार गरेको भन्दै सडक स्वरोजगार व्यावसायीहरुले शुक्रबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।

गरिखान दे, धरपकड बन्द गर, स्वदेशमै रोजगारी ग्यारेन्टी गरुलगायत नारासहित उनीहरु धर्नामा बसेका हुन्।

पछिल्लो समय महानगरले अवैध संरचना र अनधिकृत पार्किङ विस्थापित गर्ने अभियानलाई तिव्रता दिएको छ। फुटपाथमा व्यवसायी गर्दै आएकाहरुले काम गरी खान दे भन्दै आन्दोलन गरेका छन् ।