१९ सामुदायिक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण

काठमाडौँ । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गरेका हुन् । विद्यालयमा सेनेटरी प्याड वितरण गर्र्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना अधिकारी तोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताए ।