टिकटक बनाउने बहानामा मोटर साइकल चोरी

काठमाडौं । टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गरेको आरोपमा एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का निसान सापकोटा, ग्यारेज सन्चालक रामचन्द्र रावल र मोटर साइकलको पाटपूर्जा खरिद गर्ने इन्द्रावती गाउँपालिका ४ का पुष्कर काफ्ले पक्राउ परेका छन् । काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

सो समूहले राइडर सेवा पठाओसँग सम्पर्क बनाइ टिकटक बनाउने भन्दै राइडरको मोटरसाइकल लिएर भाग्ने गरेको प्रहरीले बताएको छ । यसरी चोरी गर्दै मोटरसाइकलका पाटपूर्जा निकालेर बिक्री गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले मोटसाइकलको पाटपूर्जा खोलेर बाकी रहेको इन्जिन र च्यासिसको नम्बर लेखिएको भागलाई लेथ मेसिनले टुक्रा गरी बाँकी सामान कवाडीलाई बेच्ने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले बताएका छन् ।