मोबाइल बैंकिङ एपबाटै NEPALPAY को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

अब NIC ASIA MoBank प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको NEPALPAY को QR स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सकिनेछ । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा ल्भ्एब्ीएब्थ् सँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेको यस NIC ASIA MoBank लाई बैंकले भर्खरै Omnichannel प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । ‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सकिने र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

यस एपबाट ग्राहकहरूले QR भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, IPO आवेदन र लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सकिनेछ । साथै, यस बैंकमा खाता नभएकाले पनि NIC ASIA MoBank एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिने छ ।