काठमाडौँ । नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृत फुटबल खेलका लागि मैदानमा उत्रिएका छन् ।
निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित फुटबल प्रतियोगिताका लागि बुधबार मुख्यसचिव शङ्करदास बैरागीसहितको टोली खेलमैदानमा उत्रन लागेको हो ।
सातदोबाटोस्थित एनफा कम्ल्पेक्समा भोलि बुधबार दिउँसो १५ः३० बजे हुने उक्त प्रतियोगितामा उच्च तहका अधिकृत र निजामती सेवासँग सम्बन्धित ट्रेड युनियन पदाधिकारीको टिमबीच प्रतिस्पर्धा हुनेछ । तियोगिता डेढ घन्टा अवधिको हुनेछ ।
मुख्यसचिवको नेतृत्वमा रहेको २५ सदस्यीय टोलीमा सात आठ सचिव, सात सहसचिव र अरु उपसचिव रहनेछ । विसं २०१३ भदौ २२ गते निजामती ऐन जारी भएको दिनलाई विगत १५ वर्षदेखि प्रत्येक वर्ष निजामती दिवसका रुपमा मनाइने गरिएको छ । निजामती प्रशासन जनताको सेवासँग जोडिएको प्रणाली हो ।
मुलुकको खेलकुद क्षेत्रमा रहेका राष्ट्रसेवक कर्मचारीलाई प्रेरित गरी सकारात्मक सन्देश प्रवाह होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको मन्त्रालयका सचिव दामोदर रेग्मीले बताए ।
Add Comment