अवैध लागूऔषध सहित भारतीय नागारीक पक्राउ

काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ पर्नेमा भारत घर भएका ३० वर्षीय कौशल पटेल रहेका छन् ।


े फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२४५ नम्बरको टाटा सुमोलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।