सिभिल बैंकको कोईलामा झण्डै ५० करोड रुपैयाँ कर्जा डुुव्यो

काठमाडौं, ८ साउन । घरजग्गा व्यवसायी ईच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंकको झण्डै ५० करोड रुपैयाँ कर्जा डुुबेको छ ।

नेपालमा सबैभन्दा ठूलो कोईला व्यापारीको रुपमा रहेको श्याम मल्लले व्यापारिक प्रयोजनको लागि लिएको उक्त कर्जाको नियमितरुपमा तिर्नुु बुुझाउनुु पर्ने सावाँ व्याज नबुुझाएपछि बैंकको कर्जा डुुवेको हो ।

उच्च श्रोतको अनुसार बैंकका अध्यक्ष तामाङ र प्रमुुख कार्यकारी अधिकृत गोविन्द गुुरुङ समेतको त्रिपक्षीय मिलेमतोमा प्रवाह भएको उक्त कर्जाबाट बैंकले ५० करोड रुपैयाँ भन्दा बढी रकम प्राप्त गर्न बाँकी रहेको छ । तर, अहिलेसम्म पनि कोईला व्यापारी मल्लले सिभिललाई उक्त कर्जा तिरेका छैनन् ।

झण्डै १० बर्षअघिसम्म सामान्य अवस्थामा रहेका मल्लले बैंकहरुलाई ठगेर नेपालको सबैभन्दा ठुुलो कोईला व्यापारी बन्न सफल भएका हुुन । उच्च श्रोतका अनुसार मल्लको सिभिल बाहेक अन्य बैंकमा पनि करोडौं रुपैयाँ कर्जा रहेको छ ।