महानगरविरुद्ध फुटपाथ व्यापारीले गरे विरोध

काठमाडौँ । सडकपेटी र गल्लीहरूमा व्यापार गर्न नदिएको भन्दै सडक व्यापारीहरूले बिहीबार विरोध प्रदर्शन गरेका छन् । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

महानगरपालिकाभित्र रहेका सडकपेटी र गल्लीहरुमा व्यापार गरेर जीविकोपार्जन गर्ने निम्नवर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा र गिरफ्तार गर्नेलगायतका कारबाही गरेको भन्दै उनीहरले महानगर कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।