सुपर लघुवित्त समस्याग्रस्त घोषणा, करोडौं रुपियाँ अपचलन

काठमाडौं । खराव कर्जा तथा आन्तरिक रुपमा नै रुपैयाँ अपचलन हुन थालेपछि पछिल्लो समय सहकारी एवं लघुवित्त संस्थाहरु समस्थाग्रस्त हुन थालेका छन् । त्यस्तै सञ्चालकहरुले करोडौं रुपियाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले दाङमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाका अध्यक्ष एवम् सञ्चालकले ऋणको दुरुपयोग गरेको हुँदा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

स्रोतका अनुसार संस्थाका अध्यक्ष तथा सञ्चालकले ४० करोड रुपियाँभन्दा बढी अपचलन गरेको बताइएको छ । राष्ट्र बैकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार दाङको तुल्सीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्थाको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण गरिएको थियो ।

त्यसपछि पनि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग भएको राष्ट्र बैंकको ठहर छ ।उक्त संस्थाको प्राथमिक पुँजी कोष अनुपात १० दशमलव ३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई २०७८ चैत २ मा शीघ्र सुधारात्मक कारबाही गरिएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ०९क०, ९ख० र ग बमोजिम कारबाही गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

त्यस्तै, उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिइएकोमा सो संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९क०, ९ख०, ९घ०, ९च० तथा ९ञ० को अवस्था विद्यमान रहेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
चार वर्ष अघि गैरसरकारी संस्थाबाट लघुवित्त संस्थामा रुपान्तराण भएको थियो । त्यसक्रममा नै फर्जी हिसाब किताब देखाएको थियो । तत्पश्चात ऋण प्रवाह, ऋण चुक्ता, निक्षेप संकलन सबै फर्जी बनाएको तथ्य फेला परेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

शंकास्पद कारोबार गरेको पाइएपछि केन्द्र्र्र्र्र्रीय बैंकले अगाडि नै निगरानीमा राखे पनि सुधार नभएपछि कारबाही अगाडि प्रक्रिया बढाएको हो । बंैकिङ कसुरसम्बन्ध राष्ट्र बैंकले पहिले पनि सो संस्थाका सञ्चालकमाथि अनुसन्धान गरिसकेको थियो । स्रोतका अनुसार केन्द्रीय बैंकले कानुन अनुसार सञ्चालन भएको नपाएपछि यसअघि पनि सुपर लघुवित्तका अध्यक्ष तथा सञ्चालकलाई ५÷५ लाख रुपियाँ जरिवाना तिराइसकेको छ ।

संस्थाको अध्यक्षमा किरण चौधरी र कामु सीईओमा बुद्धिराम चौधरी छन् । त्यस्तै, संस्थापक सदस्यमा प्रदेश चौधरी, नरेन्द्र बहादुर चन्द, तारा चौधरी र रामप्रसाद चौधरी रहेका छन् । सीईओ मनोज कुमार रायले राजीनामा दिएको भए पनि उनी पनि अनुसन्धानको दायरामा राखिएको छ । उक्त संस्थाले प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक सांग्रिला डेभलपमेन्ट बंैक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रो फाइनान्सलगायतका बैंक तथा वित्तीय संस्थाबाट करिब ५० करोड रुपियाँ कर्जा सापटी लिएको स्रोतले जानकारी दिएको छ । ।