घरायसी विवाद हुँदा आफ्नै आमाको हत्या

काठमाडौँ । धनुषामा आफ्नै आमाको हत्या गरेको छ । सबैला नगरपालिका ५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको आरोपमा उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । सो घटना भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।