रौतहटमा २५ यात्रु सवार डुंगा डुब्यो, १५ यात्रु वेपत्ता

काठमाडौं,९ भाद्र । रौतहटमा २५ यात्रु बोकेको ढुंगा लाबकैया नदीमा डुबेको छ । स्थानीय बन्जरा घाटबाट गौर नगरपालिका वडा नम्बर ४ स्थित तिकुलिया घाटतर्फ यात्रु बोकेर आउँदै गरेको सो ढुंगा दुर्घटना भएको हो । 
जिल्ला प्रहरी कार्यालय रौतहतका प्रहरी निरीक्षक ओम प्रकाश यादवले १० जनाको सकुशल उद्दार गरिएको भएपनि १५ यात्रु अझैं सम्पर्कविहीन रहेको लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार साँझ साढे ७ बजेतिर सो घटना भएको हो ।  अहिले प्रहरीले वेपत्ता भएकाहरुको उद्दार कार्य जारी राखेको छ।
रातको समय भएकाले उद्दारमा कठीनाई भएको भन्दै यादवले लाइट बालेर खोजी गर्ने काम चलिरहेको जानकारी गराए ।  अहिले घटनास्थलमा यादवको कमाण्डमा एक प्रहरी टोलीका साथै नेपाली सेना र स्थानीय उद्दारमा खटिएका छन् ।