मञ्जुलको कवितामा नेपथ्यको गीत सार्वजनिक

काठमाडौँ । पाँच वर्षा अघि कवि मञ्जुलले लेखेका शब्दलाई नेपथ्य ब्यान्डले गीतको स्वरूप दिएको छ। २०२४ सालमा प्रकाशित मञ्जुलको कवितासङ्ग्रहमा सङ्गृहीत ‘साइँली मोरी….’लाई नेपथ्यले गीत बनाएर शुक्रबार आफ्नो आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरेको छ।

उक्त गीतमा अमृत गुरुङको आवाज र सङगीत रहेको छ भने ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका छन् । सम्झनाका पाइलाका डोबहरू’ पछ्याउँदै हिँड्दा गायक अमृत गुरुङले रामेछाम, ओखलढुङ्गा हुँदै खोटाङ पदयात्रा गर्दा बाटोमा एक नवविवाहित जोडीलाई भेटेपछि यो गीत फुरेको बताए ।

त्यति बेला ‘साइँली मोरी….’को शब्द रचना गर्दा मञ्जुल १९ वर्षीय हुनुहुन्थ्यो। त्यसको केही समयपछि मात्र यो पुस्तकाकारमा सार्वजनिक भएको र त्यही शब्दलाई नेपथ्यले गीत बनाएको हो।