नेप्से परिसूचकमा ३८.८१ अङ्कको गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८.८१ अङ्कले ओरालो लागेर १ हजार ८ ३७.६० मा ओर्लेको छ ।

ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ७ अङ्कले ओरालो लागेर ३ सय ५८.८७ मा सीमित भएको छ । कूल २ सय ३१ कम्पनीको ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता शेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ मूल्यमा खरिद बिक्री भएको छ ।

। नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भयो । कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८ सय २९ बराबरको कारोबार गरेको छ ।

नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० ३.८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी १.९१ र सिभिल लघुवित्तका लगानीकर्ताले १.३८ प्रतिशतले कमाएका छन् । बरुण हाइड्रोपावर ८.१९, ग्रीन डेभलपमेन्ट बैंक ७.९४, समृद्धि फाइनान्स ६. ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले ६.५६ प्रतिशतले गुमाएका छन् ।