भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । भक्तपुरमा १५ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका ३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका २ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएलगतै  प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।