पहिलोपटक जनकपुरमा रेल चढे केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर जयनगर रेल चढेका छन् । ओली शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर पुगेका हुन् ।

ओली धनुषाको विदेह नगरपालिका तीनकौरिया रेल चढेर पुगेका हुन् । उनलाई पर्खिँदा जनकपुर जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो ।

पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् ।