सेतीको खोचमा खसेका व्यक्तिको सकुशल उद्धार

काठमाडौँ । पोखरा महानगरपालिका– १७ तल्लोरातो पैह्रास्थित सेतीनदी खोचमा खसेका स्थानीय ५९ बर्षीय मात्रृका भण्डारीलाई सकुशल उद्धार गरेको छ । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको ।

फोहोर फाल्ने क्रममा साँझ ७ बजे चिप्लिएर ५० मिटर तल खसेका भण्डारीको चार घण्टापछि सकुशल उद्धार गरिएको छ ।