राष्ट्रपतिको कदमविरुद्धको रिट प्रारम्भिक सुनुवाइका लागि फुयालको इजलासमा

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरि फुँयालको इजलासमा पेश भएको छ । अधिवक्ता सुनिलरञ्जन सिंह लगायतले दर्ता गरेको रिट निवेदन न्यायाधीश फुयालको एकल इजलासमा परेको हो ।

२० भदौ २०७९ मा संघीय संसदले नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो । १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।

अधिवक्ता सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ । विधेयक प्रमाणीकरणको विवादसम्बन्धी मुद्दा अरु ७ वटा मुद्दाको पछि पालो परेको छ ।

कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उनीहरुले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिका नाममा सर्वोच्च अदालतबाट आदेश जारी हुनुपर्ने माग गरेका छन् ।