भरूवा बन्दुक सहित एक पक्राउ

काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिका २ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिकाको धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरा रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीमाथि यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।