मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

काठमाडौँ । धनुषामा मादक पदार्थ सेवन गरीे आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको छ । हत्या गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका ६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटना भए लगतै उनलाई ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।