नेप्से परिसूचक १५.९२ अङ्कले उकालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९२ अङ्कले उकालो लागेर १ हजार ८ सय ३१.०५ पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५४ अङ्कले उकालो लागेर ३ सय ५८.१४ मा पुगेको छ । यस्तै, कूल २ सय २९ कम्पनीको २१ लाख ७ हजार ७ सय ४२ कित्ता शेयर ६६ करोड ३० लाख १३ हजार मूल्यमा कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार कारोबार भएकामध्ये रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २ करोड ८५ लाख ३१ हजार ४ सय ४७ बराबरको कारोबार गरेको छ । हिमालयन डिस्टिलरी १ करोड ७९ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ । 

सामुदायिक लघुवित्त ९.९७, अभियान लघुवित्त ६.०७, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी ६.०३ हिमालयन पावर पार्टरन ५.९९ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ५.७१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्र १०, एभरेष्ट बैंकको ऋणपत्र ५.८८, समालिङ पावर ४.६८, वेष्ट फाइनान्स कम्पनी ३.६४ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाएका छन् ।