भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा रामेछाप उमाकुण्ड गाउँपालिका ३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।