काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको ऐतिहासिक ब्रह्मदेव बजार । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरीमा लागेको नवरात्र मेलाका कारण ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो । पूर्णागिरी मन्दिरको दर्शनपछि ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण भक्तजन यहाँ आउने गर्दछन्। तस्बिरः गोकुल जोशी/ रासस
ऐतिहासिक ब्रह्मदेव बजार
अशोज १२, २०७९
Add Comment