नेपाल भाषा विज्ञहरु फुटेर दुइवटा सम्मेलन शुक्रबारबाट शुरु

काठमाडौं । सत्ताका लागि राजनीतिक दलहरु फुटेका घटना नयाँ नौलो हुँदै भएन । सामाजिक संघसंस्थाहरुको पनि उस्तै नै चाला नभएको भने होइन । तर अहिले नेपाल भाषा अर्थात नेवारी भाषाको प्रवद्र्धनका लागि सक्रिय रहेका नेपाला भाषाका विज्ञहरु पनि फुटको अवस्थामा पुगेको मात्र होइन । एकै दिन एउटै सम्मेलन दुई स्थानमा शुरु गरेका छन् ।

हरेक बर्ष दशैको द्धादशीका दिन शुरु हुने बृहत नेपाल भाषा साहित्य सम्मेलन यो वर्ष भने दुई स्थानमा शुरु भएको छ । नेपाल भाषाका विज्ञहरुको विभाजन पश्चात यो सम्मेलन भार्वाचो मिनीबस पार्क र नागपोखरी दुई स्थानमा शुरु भएको हो ।

दुवै साहित्य सम्मेलनमा नेपाल भाषासहित विभिन्न भाषाभाषिका साहित्यहरु वचन गरिने छन् । ४२ औ बृहत नेपाल भाषा साहित्य सम्मेलन शुक्रबार र शनिबार गरी दुईदिन चल्ने छ भने ६१ औं विराट नेपाल भाषा साहित्य सम्मेलन आज शुक्रबार एक दिन मात्रै चल्नेछ ।

४२ औं बृहत नेपाल भाषा साहित्य सम्मेलनको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रहेका छन् भने उता ६१ औं विराट नेपाल भाषा साहित्य सम्मेलनको प्रमुख अतिथि वरिष्ठ साहित्यकार हितकरवीरसिंह कंसाकार रहेका छन्।