इरानको जेलमा झडप, मानवीय क्षतिको आशङ्का

काठमाडौँ । उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा बन्दीहरु बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका आशङ्का गरिएको छ ।

इरानको अर्ध सरकारी समाचार समिति मेहरले झडाप भएको जानकारी दिएको छ । सो समितिका अनुसार आइतबार उक्त सहरको लकान बन्दीगृहमा रहेका कैदीहरुका बीचमा झडप भएको थियो ।

गिलान प्रान्तको प्रान्तीय राजधानी प्रान्तको लाकान सहरमा रहेको जेलमा सो झडप भएको थियो । यहाँका एक जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरुका बीचको आपसी विवाद बढ्दै गएपछि एक आपसमा भिडन्त भएको बताइएको छ ।

दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्ने बारेमा भने केही खुलाइएको छैन । जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।