सुनको मूल्य बढ्यो, कति छ प्रतितोला ?

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलामा ९३ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार ९ सय रुपैमा कारोबार भएको छ ।

सोमबार छापावाल सुन तोलामा ९३ हजार ३ सयमा कारोबार भएको थियो । तेजावी सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।