९० लाख बराबरको अवैध चिनी बरामद

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । प्रहरीले आज रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट ९० लाखको अवैध चिनी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४ सय २० बेरा २१ हजार केजी र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४ सय २० बोरा २१ हजार केजी गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले राससलाई जानकारी दिए ।

बरामद गरेको चिनीको प्रारम्भिक मूल्य ९० लाख अनुमान गरिएको उनले बताए । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उनले बताए ।

ताजा अपडेट