काठमाडौं उपत्यकामा भूकम्प महसुस

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्प महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो।

भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।