नेप्से परिसूचकमा झिनो अङ्कको ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३८ अङ्कले ओरालो लागेर १ हजार ८ सय ४४.१४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ अङ्कले उकालो लागेर ३ सय ६३ ०.०५ मा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार ८ सय ५७ कित्ता शेयर ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।

सो कम्पनीको ३ करोड ६९ लाख ५२ हजार ९ सय १ बराबरको कारोबार भएको छ । गरिमा विकास बैंक २ करोड ६७ लाख ५४ हजार ३ सय १६, एभरेष्ट बैंक २ करोड ४९ लाख ४ हजार ७ सय ५३, नबिल बैंक २ करोड ३७ लाख ८८ हजार २ सय ७१ र एनआइसी एशिया बैंकको १ करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।