तनहुँ जलविद्युत आयोजनाको काम तीव्र रुपमा

काठमाडौँ । तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम रोकिएको छैन । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भइरहे पनि काम तीव्र रुपमा निरन्तर भइरहेको आयोजनाले जानकारी दिएको छ । नेपालीको ठूलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो ।

तिहार बिदाको समयमा नेपाली र विदेशी दुवै कामदारबाट काम भइरहेको छ । दशैँले गर्दा काममा अवरोध छैन निरन्तर भइरहेको आयोजना निमित्त प्रमुख राजभाई सिल्पकारले जानकारी दिएका छन् । समयमा नै काम पूरा गर्न चाडपर्वको समयमा पनि काम तीव्र गतिमा भइरहेको र दशैँको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडि बढ्ने आयोजनाले जानकारी गराएको छ । सिनो हाइड्रोले परिचालन गरेको चिनियाँ मजदुरले काम गरिरहेको शिल्पकारले जानकारी दिए ।

दशैंको अवधिमा पानी फर्काउने सुरुङको काम भइरहेको शिल्पकार बताए । यतिबेला आयोजनाको प्याकेज एक अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । प्याकेज एक र दुई गरी २ सय ६० जना नेपाली र ४० जना चिनियाँ गरी हाल ३ सय जनाले निरन्तर काम गरिरहेका छन्’ शिल्पकारले भने । अधिकांश नेपाली कामदार दशैं मनाउन बिदामा बसे पनि ६० जना काम खटिएको उनले बताए ।

आयोजना प्रमुख शिल्पकरका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका अनुसार पानी ल्याउने सुरुङको काम भइरहेको छ । एक हजार ४ सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३ सय ५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो। त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३ सय १४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।