कैलालीमा करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगर रहेका छन् ।

सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठामा बत्ती बाल्ने क्रममा मगरको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।