कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ को मृत्यु

काठमाडौँ । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा ३५ दिने शिशुसहित ३ जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका ४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

आज बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।