अवैध लागूऔषध सहित एक जान पक्राउ

काठमाडौँ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका(१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित एक जानलाई प्रहरीले पक्राउ गरेको छ । पक्रो पर्नेमा सिरहाको लहान नगरपालिका ४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्द रहेका छन् ।

उनलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।