तीन महिनामा ३७ करोड ८६ लाख नाफा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको ३ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६.४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट. पछिको नाफा भने २९ करोड ८५ लाख ७७ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.५८ प्रतिशत अर्थात् १० करोड ७९ लाखले बढी हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति ३ अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ३८ करोड ९० लाख ८५ हजार छ । 

त्यस्तै निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी १७ अर्ब ८१ करोड ६ लाख १३ हजार छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड छ भने कूल सम्पत्ति २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार रहेको छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी रु ७.०१ छ ।

आर्थिक वर्ष २०७७ र ७८ को तुलनामा आव २०७८ र ७९ मा बैंकको खुदा मुनाफा २२.१० प्रतिशतले बढेर १ अर्ब २ करोड २५ लाख ५८ हजार पुगेको छ ।