खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौँ । खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौंटाबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौँडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौँडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय विकास कार्की रहेका छन् ।

विशेष सूचनाको आधारमा ना।४८ प।९००५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन १ ग्राम ४ सय ६० मिली ग्राम र सानो डिजिटल तराजु १ थान बरामद गरिएको कार्कीले बताए । तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।