प्लाष्टिक कारखानामा भीषण आगलागी, दुईको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको नरेलामा एक प्लाष्टिक कारखानामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। सो आगलागीमा परी एकजना गम्भीर घाइते भएका छन् भने केही मानिस जलेको आशंका गरिएको छ।

आगलागीको सूचना पाएलगत्तै ११ वटा दमकल घटनास्थल पुगेका थिए। दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्। कारखानाको पहिलो र दोस्रो तल्लामा आगलागी भएको हो।

दिल्ली प्रहरीका अनुसार आगलागीमा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुईजनाको उद्दार गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

घाइतेहरुको अवस्था अहिले सामान्य रहेको छ। अझै ८ र १० जना आगो भित्र फसेको अनुमान गरिएको छ। दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइसकेको छ।