बबईबाट ३ सय ४० बोरा चिनी बरामद

काठमाडौँ । प्रहरीले बुधवार भेरीगंगा नगरपालिका–५ बबईबाट ३ सय ४० बोरा अवैध चिनी बरामद गरेको छ । बबई चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले कैलालीदेखि सुर्खेततर्फ आउँदै गरेको भे १ ख ३०४१ नम्बरको ट्रकलाई चेक जाँच गरेको थियो।

उक्त ट्रकमा भ्याट बिल, अनलाइन बिल भएको र भन्सारको कागजपत्र नभएको प्रहरीले फेला पारेपछि बरामद गरेको हो । प्रति बोरा ५० किलो रहेको ३ सय ४० बोरा अर्थात् १७ टन चिनी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक लम्किचुहा नगरपालिका–२ कैलालीका ४३ वर्षीय नेत्रबहादुर शाहीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएका छन् ।